ताजा समाचार

लिग सकिने बेलामा एन्फाले पायो मुख्य प्रायोजक

काठमाडौँ। सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको अन्तिम १० खेल बाँकी छँदा आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रायोजक पाएको छ ।

कतार एयरवेजले जारी सिजन तथा आगामी सिजनका लागि पनि ‘ए’ डिभिजन लिगका लागि एन्फासँग सम्झौता गरेको हो ।

एन्फाका प्रवक्ता सुरेश शाहले जारी सिजनको लिगका लागि कतार एयरवेजले ५० हजार अमेरिकी डलरको प्रयोजन गरेको बताए । उनका अनुसार आगामी सिजनका लागि भने कतार एयरवेजले १ लाख ५० हजार अमेरिकी डलर प्रदान गर्नेछ ।

‘हामीले सुरुवातबाटै १ लाख ५० हजार डलरको सम्झौताका लागि प्रयास गरेका थियौँ तर उनीहरुको कानूनी प्रकृयाका कारण त्यो सम्भव भएन । तर अन्तिम समयमा जति आयो त्यति लिने भनेर निर्णय गरेका हौँ,’ प्रवक्ता शाहले बताए ।

उनले जारी सिजनको लिगका लागि १२ करोड अनुमानित बजेट रहेको छ र मुख्य प्रायोजकबाट आएको रकम लिगमै खर्च हुुने बताए ।

जारी सिजनको लिग भने एक खेलअगावै चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले जितिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org