जनताको दिनचर्यालाई सम्बोधन गर्न सके बजेट सफल : लामिछाने
काठमाडौं । सांसद रवि लामिछानेले बजेटको प्राथमिकताले आमजनताको दिनचर्यालाई सम्बोधन गर्नसके मात्र बजेट सफल हुने धारणा व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८० र ८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै आज उहाँले बजेटमा राजस्वको आधार निर्धारणमा हेलचेक्र्याइँ गरिएको टिप्पणी गर्नुभयो ।
उहाँले आफूहरुले उठाएका विषयबारे अर्थमन्त्रीसँग विश्वासिलो र भरपर्दो जवाफ माग गर्दै आफूहरु रचनात्मक र सिर्जनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो ।
विकास बजेट विनियोजनामा ठूला र प्रभावशाली नेता तथा मन्त्रीका निर्वाचन क्षेत्रमा परम्परागत प्रवृत्ति देखिएको आशङ्का व्यक्त गर्दै उहाँले स्पष्ट पार्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
सञ्चारमाध्यममा आएका विषयकै कारण संसद् अवरोध गर्न नहुने भन्दै त्यसको तथ्य जाँच गरेर स्पष्ट हुनुपर्ने उहाँको भनाइ थियो । खर्च कटौतीका नाममा कतिपय संस्थाको महत्वलाई नजरअन्दाज गर्न नहुने उहाँले सुझाव दिनुभयो । सभापति लामिछानेले नागरिकताका सन्दर्भमा आफ्नो पार्टी कुनै पनि समुदायप्रति पक्षपाती नभएकोसमेत स्पष्ट पार्नुभयो ।
सांसद लामिछानेले नागरिक विधेयकका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी कुनै समूदायको विरुद्ध छ भन्ने भाष्य जबरजस्ती निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।
उहाँले राजनीतिसँग कुनै सरोकार नहुँदा पनि प्राकृतिक विपत्ति, वैदेशिक रोजगारी र मिटरब्याज पीडितका समस्याका विषयमा आवाजविहीनहरुको आवाज बनेको बताउनुभयो ।
लामिछानेले नागरिकले नागरिकता नपाउनुको पीडा समेत थाहा भएको भन्दै नेपाली नागरिक र एकल आमाका सन्तानको अधिकार सुनिश्चित हुनुपर्ने बता
Comments
अरु समाचार
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...