यथास्थितिमा बजेट पास गर्न दिँदैनौँ: एकीकृत समाजवादी
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी(नेकपा एस)ले जेठ १५ मा सार्वजनिक भएको बजेट यथास्थितिमा पास गर्न नदिने दाबी गरेको छ।
समाजवादी प्रेस संगठनको महाधिवेशनमा सम्बोधनमा क्रममा नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बरु सरकार छाड्नुपरे आफूहरू छाड्न तयार रहेको तर यथास्थितिमा पास गर्न नदिने बताएका हुन्।
उनले भने, ‘यथास्थितिमा बजेट पास गर्न दिँदैनौँ। डडेल्धुरामा १०५ अर्ब गोरखा ५५ अर्ब ७५ अर्ब तीन जिल्लामा छन्। अध्यक्ष विदेश हुनुहुन्थ्यो, प्रतिक्रिया दिनु भएको छ। १६५ निर्वाचन क्षेत्रमा असमान व्यवाहार गरिएको छ। पार्टीभित्रै पनि असमान व्यवाहार सहँदैनौँ। सरकार छाड्न परे पनि यथास्थितमा बजेट पास गर्न दिँदैनौँ।’
यही जेठ १५ गते बजेट बिनियोजनका क्रममा सरकारले आफूहरूको जिम्मेवारीमाथि नै हस्तक्षेप गरी तीन जिल्ला: डडेलधुरा, गोरखा र नुवाकोटमा मात्र केन्द्रित भएको समाजवादीको आरोप छ।
यसअघि पनि पार्टीका अध्यक्ष माधव नेपालले बुधबार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बजेट तीन जिल्लामा मात्र केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताएका थिए।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...