ताजा समाचार

प्रतिनिधिसभा बैठकः मन्त्रालयगत बजेटमाथिको छलफल जारी

काठमाडाैँ । प्रतिनिधि सभाको बैठक जारी छ।

बिहिबारदेखि सुरू भएको मन्त्रालयगत बजेटमाथिको छलफल आज पनि जारी छ।

बैठकमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमी, व्यवस्था तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबारे सांसदहरूले आ- आफ्नो धारणा राख्नेछन्।

यी मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको १७ खर्ब ५१ अर्बको बजेट संसदबाट बहुमतले पारित गरिसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org