ताजा समाचार

अमेरिकाविरूद्ध करण केसीको उत्कृष्ट बलिङ, लिए चार विकेट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध करण केसीले नै नेपाललाई चौथो सफलता दिलाएका छन् ।

जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलको दशौँ ओभरको दोस्रो बलमा करणले नोस्थुस केन्जिगेलाई आरिफ शेखबाट क्याच गराए । जारी खेलमा अमेरिकाले चार विकेट गुमाउदा सबै करणले नै लिएका हुन् ।

अहिले ९.३ ओभरको खेल सकिँदा अमेरिकाले चार विकेट गुमाएर १९ रन जोडेको छ । करणले यसअघि दोस्रो ओभरमा दुई विकेट र आठौं ओभरमा तेस्रो विकेट लिएका थिए ।

खेलमा नेपालले एक परिवर्तन गरेको छ। सोमपाल कामीको स्थानमा ललितनारायण राजवंशीलाई स्थान दिइएको छ।

सोमपाल यसअघि जिम्बावेविरुद्धको खेलमा घाइते भएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org