साफ च्याम्पियनसीपः पहिलो खेलमा नेपाल कुवेतसँग पराजित
काठमाडौँ । भारतमा बुधबारबाट सुरु भएको साफ च्याम्पियनसीप फुटबलको पहिलो खेलमा कुवेतविरुद्ध नेपाल पराजित भएको छ ।
समूह ‘ए’ अन्तर्गत बैँग्लुरुको श्री कान्तिराभा स्टेडियममा पहिलो खेलमा नेपाल ३-१ गोलले हारेको हो ।
नेपालका लागि एक मात्र सान्त्वना गोल अन्जन विष्टले गरेका थिए । उनले नेपाल तीन गोलले पछाडि परेके अवस्थामा खेलको ६८ औं मिनेटमा गोल गरेका थिए । नेपालका लागि कुवेतविरुद्ध गोल गर्ने अन्जन तेस्रो खेलाडीमा बनेका छन् ।
कुवेतका कप्तान खालेद हाजिया, शबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक-एक गोल गरे ।
कुवेतले २३ औँ मिनेटमा नेपालविरुद्ध अग्रता लिएको थियो । कुवेतका कप्तान हाजियाले २३ औँ मिनेटमा गोल गरे । अनमार्क रहेका हाजियाले नेपाली गोलरक्षक किरण चेम्जोङ पोस्टमा नरहेको मौकाको सदुपयोग गरेका थिए ।
त्यसैगरी, ४१ औँ मिनेटमा अलखाल्दीले कुवेतका लागि दोस्रो गोल गरे ।
जर्सी नम्बर ९ का मोहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए । अनन्त तामाङको ह्यान्ड बल भएकाले कुवेतले पेनाल्टी पाएको थियो ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...