गायक प्रकाश सपुतमाथि बियरको बोलत प्रहार
काठमाडौँ । लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ।
कार्यक्रमको लागि रोमानियामा रहेका गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ। उक्त बोलत बियरको भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै उक्त भिडियोमा उल्लेख छ।
सोही भिडियो सेयर गर्दै यतिबेला सामाजिक सञ्जालमा उनका सहकर्मी एवम् शुभचिन्तकले खेद प्रकट गरेका छन्। सामाजिक सञ्जालमा भाइरल उक्त भिडियोमा स्टेजमा परदेशी चलचित्र परदेशीको गीत गाइरहेका प्रकाशमाथि दर्शकहरू रहेको भीडतर्फबाट बियरको बोलत प्रहार भएको देखिन्छ।
भिडियोमा देखिए अनुसार बियर प्रहार प्रकाशको मुख वरपरको भागमा भएको छ। त्यस लगत्तै हातले मुख छोप्दै स्टेज छाड्छन्। कार्यक्रमका अतिथि र आयोजक उनको पछिपछि गएको उक्त भिडियोमा देख्न सकिन्छ।
रोमनियामा जुन २५ गते अर्थात् हिजो आइतबार उक्त कार्यक्रम भएको थियो। परदेशीको गीत ‘देशको परिस्थितिले धेरै नेपालीहरुलाई परदेशी बनायो! परदेशीहरुको प्रेमले मलाई पनि परदेशी जस्तै बनायो।’ गीत गाउन आफू त्यहाँ जाने प्रकाशले यसअघि उल्लेख गरेका थिए।
प्रकाशसँगै उक्त कार्यक्रममा लोक तथा दोहोरी गायिका प्रिति आले पनि रोमनिया जाने प्रकाश सपुतको सामाजिक सञ्जालमा उल्लेख थियो।
यस घटनाबारे आधिकारिक जानकारी आउन बाँकी छ।
Comments
अरु समाचार
-
गायक रवि ओड प्रहरी नियन्त्रणमा
धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार...
-
तनहुँमा चलचित्र निर्माण कार्यशाला
काठमाडाैँ । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा...
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...