ताजा समाचार

प्रतिनिधिसभाबाट आर्थिक वर्ष ०८०/०८१ को बजेट बहुमतले पारित

काठमाडाैँ । सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

बुधबार दोस्रोपटक बसेको बैठकमा नेकपा एमालेले मत विभाजनको माग गरेपछि मतदान प्रक्रियाबाट पारित भएको हो। पक्षमा १४७ मत र विपक्षमा १०८ मत खसेकाे छ।

विनियोजन विधेयकलाई सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गर्दै गर्दा एमालेका सांसदले मत विभामजनको माग गरेपछि मतदान प्रक्रियामा गएको थियो।

बजेटमा रहेको जिल्ला निर्वाचन कार्यालयसम्बन्धी व्यवस्था संशोधन भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org