ताजा समाचार

एसीसी यू-१६ इस्ट जोनः मलेसियालाई ९९ रनमा अलआउट गरेपछि नेपाल बन्यो समूह विजेता

काठमाडौं ।  एसीसी मेन्स अन्डर–सिक्स्टिन इस्ट जोन क्रिकेटमा नेपालले मलेसियालाई ८४ रनले पराजित गरेको छ।

नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३० दशमलव ५ ओभरमा ९९ रनमा अलआउट भएको हो।

मलेसियालाई सस्तैमा समेट्न नेपालका अशोक धामीले ४, अभिषेक तिवारीले ३, सन्तोष यादवले २ र किर्तिक कामतले एक विकेट लिए। यसअघि बांगीस्थित बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ३३ दशमलव ४ ओभरमा १ सय ८३ रन बनाएर अलआउट भएको थियो।

नेपालका लागि अशोक धामीले ५२ रनको अर्धसतकीय पारी खेल्दा अन्य ब्याटर सस्तैमा समेटिए।

बुधबार भएको आफ्नो पहिलो खेलमा थाईल्यान्डलाई हराउँदै सेमफिाइनलमा स्थान बनाइसकेको नेपाल आजको जितसँगै समूह विजेता बनेको छ। थाईल्यान्डलाई पराजित गरेर सेमिफाइनलमा पुगेको मलेसिया समूह उपविजेता भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org