ताजा समाचार

गायक रोबिन तामाङको निधन

काठमाडाैँ । नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक रोविन तामाङको निधन भएको छ।

६० वर्षीय उनको मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ चिस्यानीस्थित निवासमा निधन भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले तामाङ घरमै मृत भेटिएको पुष्टि गरेका छन्।

कार्कीका अनुसार तामाङको शव उनको दुई तले घरको बेडरूममै भेटिएको हो। तर उनको निधनको कारण खुलिसकेको छैन।
रविनको निधन भएको पुष्टि उनकी दिदी भगवती तामाङले पनि गरेकी छन्। रोविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।

तामाङले गीत गाउनुका साथै थुप्रै नेपाली फिल्ममा अभिनय पनि गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org