कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न एमालेको परमादेश माग
विराटनगर । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नियुक्त गर्न परमादेश माग गरेको छ । मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरी एमाले प्रदेश संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्तिको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
कार्कीका तर्फबाट अधिवक्ता पवनकुमार निरौलाले दायर रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभामुख र मुख्यमन्त्री थापालाई विपक्षी बनाइएको छ । रिटमा २१ असारमा नियुक्त मुख्यमन्त्री थापा नेतृत्वको सरकारलाई मान्यता नदिन अन्तरिम आदेश माग गरिएको छ ।
‘‘ प्रस्तुत रिटमा अन्तिम टुङ्गो नलागेसम्म्म प्रदेश विपक्षी १ ९प्रदेश प्रमुख० को निर्णय यथास्थितिमा राख्नु र विपक्षी २ (मुख्यमन्त्री) लाई कुनै पनि काम कारबाही गर्न नदिनु नदिलाउनु भनी अन्तरिम आदेश जारी गरी पाऊँ’, रिटमा भनिएको छ । थापालाई मुख्यमन्त्री बनाउन प्रदेशसभाको बहुमत नपुग्ने दाबी एमालेले गरेको छ ।
सभामुखको हस्ताक्षर समेत समावेश गरेर सरकार निर्माण गर्न आवश्यक ४७ प्रदेश सदस्य पुर्याउनु असंवैधानिक भएको रिटमा उल्लेख छ । ‘संविधानको धारा १६८ (२) मा दलहरुको समर्थनमा बहुमत प्राप्त भन्ने पदावली रहेको छ, यो राजनीतिक दल र दलको समर्थनमा मात्र मुख्यमन्त्री नियुक्त हुने संवैधानिक व्यवस्थामा राजनीतिक रुपमा तटस्थ र निष्पक्ष भूमिकामा रहेका सभामुख पर्नुहुन्न’, रिटमा लेखिएको छ ।
अतः थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय बदर गरिनुपर्ने एमालेको माग छ । ‘तटस्थ, निष्पक्ष र दलविहीन भूमिकामा रहनुभएका सभामुखले दलको सदस्य सरह अभिमत प्रकट गरेको हस्ताक्षरको मत समेतका आधारमा उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्ति दिने प्रदेश प्रमुखको निर्णय, पत्राचार सबै संविधानको धारा १६८(२) विपरीतको कार्य भएकाले बदरयोग्य छन्, बदर गरी पाऊँ’, रिटमा भनिएको छ ।
थापालाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय बदर गरी कार्कीलाई मुख्यमन्त्री नियुक्तिको परमादेश एमालेले मागेको छ । ‘‘.. संविधानको धारा १६८ को (३) बमोजिम निवेदकलाई (प्रदेशसभाको सबैभन्दा ठूलो संसदीय दलको नेतालाई) सरकारको नेतृत्व गर्ने अवसर दिनु दिलाउनु भनी विपक्षीको नाममा परमादेश आदेश जारी गरी हक प्रचलन गराई पाउँ’ माग दाबी गरिएको छ ।
Comments
अरु समाचार
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
पूर्वप्रधानसेनापति सिंहको निधन
काठमाडौं । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना
काठमाडौं । पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या...