लुटपाटमा संलग्न पाँच जना पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न गिरोहका पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।
आज पत्रकार सम्मेलन गरी पक्राउ गरिएका पाँच जनलाई सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा रामेछाप लिखु गाउँपालिका–१ का ३२ वर्षीय रवीन दमाई, सुनसरी धरान उपमहानगरपालिका–८ का १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे पाँचखाल नगरपालिका–७ का उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका–७ बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बङ्गाल, पश्चिम मेदनीपुर जिल्ला दासपुर थाना जयरामचोक बस्ने ४२ वर्षीय श्रीकान्त माइती रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरुले काठमाडौंका विभिन्न स्थलमा ‘मर्निङ वाक’ हिँडेका महिलालाई लक्षित गरेर शृङ्खलाबद्धरुपमा महिलाले गलामा लगाएका सुनका सिक्री लुटपाट गर्ने गरेका थिए । रवीन दमाईं मर्निङ वाकमा हिँडेका महिलाले गलामा लगाएको सुनका सिक्री लुट्ने र विश्वकर्मा मोटरसाइकल चलाउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
यसैगरी भारतीय नागरिक माइतीले लुटपाट गरेको सुन खरिद गरेका थिए भने अन्य दुई जना पनि सुन पगाल्नेदेखि अन्य भूमिकामा रहेको खुलेको प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा। केसीले बताए ।
उनले भने, ‘पक्राउ परेकाहरुले न्युरोडको जनसेवा मार्ग, चक्रपथको बङ्गलामुखी मन्दिर, सामाखुसीको कपुरधारा, टोखाको ग्राण्डी नजिकै र नागार्जुनको बुद्ध चोकबाट महिलाको सिक्री लुटेको खुलेको छ, टोखाकै विष्णुमति पुल नजिकबाट पनि सिक्री लुटपाट भएको थियो ।’
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको जनाएको छ । दमाई र विश्वकर्मा दुई जना मिलेर पहिला रेकी गर्ने र योजनाबद्धरुपमा बाइक प्रयोग गरेर महिलालाई लक्षित गरी लुट्ने गरेको प्रहरीको दाबी छ ।
उनीहरुले राजधानीका विभिन्न आठ स्थानमा यसरी लुटपाट गरेको खुलेको र सबै लुटपाट बिहान ५ देखि ६ बजेसम्ममा भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा। केसीले जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट सुनको ढिक्का एक थान, तौल गर्दा करिब एक तोलाको सिक्री र लुटपाट गर्दा प्रयोग भएका मोटरसाइकल दुई थान, माबाइल छ थान तथा सुनको हार ४७ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार...
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...