ताजा समाचार

‘सरकारले सत्ता टिकाउने हतियारका रुपमा भ्रष्टाचार छानविनकाे नाटक गर्‍याे’: प्रचार प्रमुख गौतम

काठमाडौं । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले सरकारले भ्रष्टाचारमाथी छानविनकाे नाममा स्टनबाजी गरीरहेकाे बताएका छन ।

सरकारले साँच्चिकै भ्रष्टाचार काण्डकाे छानविन थालेकाे हाे भने सबै भन्दा पहिले लडाकु शिविर घोटाला काण्ड छानबिन अघि बढाउनु पर्ने बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘सबैभन्दा पहिले काण्ड/महाकाण्डकाे छानविन गराै । भ्रष्टाचारलाइ स्टनबाजीकाे विषय नबनाउ । ‘नेपाली समाजमा भ्रष्टाचार र अनियमितता संक्रामक रोगका रूपमा रहँदै आएको छ ।

गौतमले थप लेखेका छन , ‘सरकारले सत्ता टिकाउने हतियारका रुपमा भ्रष्टाचार छानविनकाे नाटक मञ्चन गरिहेकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org