ताजा समाचार

पैसा तिरेर प्राप्त गरिने सम्मान र पुरस्कारले शिक्षा क्षेत्रलाई लज्जित बनाएको छ: टीकाराम पुरी

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन) का पूर्व अध्यक्ष एवं एभेरेष्ट इङ्लिश बोर्डिङ स्कुल विराटनगरका प्रिन्सिपल टीकाराम पुरीले रुपैयाँ/पैसा तिरेर खरीद गरेर प्राप्त गरिने सम्मान र पुरस्कारको आलोचना गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्ता पुरसकारले शिक्षा क्षेत्रलाई लज्जित बनाएको जनाएका छन् । पुरीको फेसबुक स्टाटसमा, “रुपैयाँ/पैसा तिरेर खरीद गरेर प्राप्त गरिने सम्मान र पुरस्कारले शिक्षा क्षेत्रलाई लज्जित बनाएको छ”, उल्लेख छ ।

पछिल्लो समय नीजि विद्यालयहरुले पैसा तिरेर पुरस्कार तथा सम्मान खरिद गर्ने प्रवृत्ति बढ्दै गएको छ । विद्यालय तथा कलेजलाई लोकप्रिय बनाउने नाममा गलत अभ्यासको विकास हुँदै गएको शिक्षाविद्हरुको टिप्पणी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org