ताजा समाचार

नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या गरिएको छ ।

शनिबार साँझ साढे ७ बजेको समयमा गोली चलेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

उनका अनुसार धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा पारी घटना भएको हो ।

अज्ञात व्यक्तिको समूहले ती महिलालाई गोली प्रहार गरी भारततर्फ नै भागेको धनुषा प्रहरीले जनाएको छ । ती महिलाको पहिचान खुलेको छैन ।

घटनाको अनुसन्धान भारतीय प्रहरीले नै गरेको उनले जानकारी दिए । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org