ताजा समाचार

कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश खतिवडा,भट्टराई र श्रेष्ठको पूर्ण इजलासमा

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजबाट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

आज उक्त रिट ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, तिलप्रसाद न्यायाधीशको इजलासले सुनुवाइ गर्ने छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको सोमबारको इजलासले कोसी सरकारविरुद्ध एमालेका हिक्मतकुमार कार्कीले दायर गरेको रिट पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो ।
असार २२ गते एमाले कोसी प्रदेशसभा संसदीय दलका नेता कार्कीले सभामुखको हस्ताक्षर लिएर बहुमत देखाउँदै गठन भएको कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारविरुद्ध रिट दायर गरेका थिए । उनले थापा नेतृत्वमा बनेको सरकार अवैध ठहर गरी त्यसअघिको सरकारलाई काम गर्ने आदेश माग गरेका छन् ।

उक्त रिटमा असार २७ मा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापा नेतृतवको सरकार कायम रहेको ठहर गरी दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश गरेको थियो । साथै प्रधानको इजलासले निरन्तर सुनुवाइका लागि साउन ७ गतेको मिति तोकेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org