ताजा समाचार

संवैधानिक परिषद् बैठक प्रधानन्यायाधीश सिफारिस नगरी सकियो , अर्को बैठक १८ गते बस्ने

काठमाडाैँ । संवैधानिक परिषद्को बैठक सर्वोच्च अदालतलका नयाँ प्रधानन्यायाधीश सिफारिस नगरी सकिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसको एजेन्डा थियो।

‘आज प्रधानन्यायाधीश सिफारिस गर्नेसम्बन्धी एजेन्डा थियो। हामीले छलफल गर्‍यौं। थप छलफल गर्नुपर्ने देखिएकाले १८ गते ५ बजे फेरि बस्ने गरी बैठक स्थगित भएको  प्रधानन्यायाधीश हरीकृष्ण कार्कीले न्युज नेपाललाइ जानकारी दिए।

संवैधानिक परिषद्ले असार २० गते अगावै प्रधानन्यायाधीश सिफारिस गर्नु पर्नेमा बैठक बस्नै विलम्ब भएको थियो।

उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। त्यसको एक महिनाअगाडि नै प्रधानन्यायाधीश सिफारिस गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ।

सर्वोच्चको रोलक्रममा अहिले न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पहिलो नम्बरमा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org