छोरीलाई विष खुवाइ हत्या गरेको आरोपमा तीन वर्ष कैद
कठमाडौं । तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ ।
अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिनुभयो ।
सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए ।
उक्त घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । सुष्माको भने उपचारपश्चात् निको भएको थियो । सो घटनामा आरोपितका पति मनोज विकले विसं २०७७ माघ २५ गते सुष्माको विरुद्ध जाहेरी दिएका थिए ।
घटना हुँदा मनोज वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका थिए । सुष्मालाई प्रहरीले विसं २०७८ साउन ३० गते पक्राउ गरेको थियो । उनी विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयले विसं २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो । सुष्मा सोही भदौ १८ गतेदेखि तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा थिइन् ।
Comments
अरु समाचार
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...