‘विदेश गए झन् दुःख पाइन्छ, त्यसैले सैलुन खाेल्याैँ, महिनाकाे २० हजार कमाए पुग्छ’
काठमाडाैँ । दैलेखकाे नारायण नगरपालिका–१ रातामाटेमा पुस्तौँदेखि बसोबास गर्दै आएका २६ घर दलितको आम्दानीको स्रोत भनेकै अरूकोमा काम गरेर परिवारको गर्जो टार्नु वा कामको खोजीमा कालापहाड अर्थात् (भारत) जानु बाध्यता हो ।
करिब चार दशकअघिदेखि अव्यवस्थितरूपमा भूमिहीन भएर त्यहाँ बस्दै आएका दलित परिवारमा पढे लेखेका धेरै भेटिँदैनन् । गरिबीका कारण पढ्न नपाएका त्यहाँका युवायुवती पनि मजदुरी गर्दै साँझ बिहान गाँसको जोहो गरेर दिन बिताउँछन् ।
सोही ठाउँ बस्ने १८ वर्षीया जीवन नेपालीले पनि भारतका विभिन्न ठाउँमा रोजगारीको खोजीमा भौतारिनुका साथै अहिले आएर आफ्नै ठाउँमा ज्याला मजदुरी गर्दै दिन बित्दै आएको छ । कामको खोजीमा भारतका विभिन्न ठाउँमा धेरै दुःख उठाएको बताउने उनले अहिले आफ्नै ठाउँमा हेयर कटिङ सेन्टर सञ्चालन गर्दै आएका छन् ।
पछिल्ला वर्ष कामको खोजीमा विदेशिने युवायुवतीको सङ्ख्या बढ्दै गए पनि जीवन र उनका भाइ पुरनले ‘दाजुभाइ हेयर कटिङ सेन्टर’ सञ्चालन गरी स्थानीयस्तरमै रोजगारीमा लागेका हुन् ।
बाहिरी मुलुकमा काम गर्दा पाएको दुःख सम्झँदै आफ्नै ठाउँमा हेयर कटिङ सेन्टर सञ्चालन गरिएको जीवनले बताए । ‘परिवारको खर्च धान्नलाई भारतको गुजरातस्थित एक होटेलमा काम गरेँ मालिकबाट महिनौँसम्मको पनि ठगिएँ, अनि लाग्यो आफ्नै ठाउँमा बसेर केही गर्नुपर्छ’, उनले भने ।
जीवनको ६ जनाको परिवार छ । उनको परिवारका सबैले अरूकामा काम गरेर गुजारा चलाउँदै आएका छन् । घरको जेठो छोरा भएकाले परिवारको धेरै जिम्मेवारी काँधमा बोकेर पराई मुलुकमा कामका लागि गरेको सङ्घर्षले आफ्नै ठाउँमा मेहनत गर्ने आँट पलाएको जीवनको भनाइ छ ।
उनले भने, ‘बाहिरी मुलुकमा काम गर्न जाँदा आफ्नो पीडा कसैलाई सुनाउन पाइँदैन, सुनिदिने पनि कोही हुँदैनन्, बिरामी पर्दासमेत काममै लाग्नुपर्ने बाध्यता हुन्छ, सीप सिक्यौँ भने यही रोजगारी पाइन्छ, आफैँ व्यवसायी बन्न पनि सकिन्छ ।’
स्थानीय सरकार र विभिन्न सङ्घ संस्थाको सहयोगमा हेयर कटिङ व्यवसायमा लागेका २३ वर्षीया भाइ पुरन पनि अहिले आफ्नै ठाउँमा खुसी छन् । कक्षा १० पास गरेका उनले गरिबीका कारण माथिल्लो कक्षा अध्ययन गर्न नपाएपछि ज्याला मजदुरी गर्न बाध्य हुँदै आएका थिए ।
एक वर्षअघि घाँस काट्न जाँदा रुखबाट खसेर शक्त घाइते भएका उनलाई जिन्दगी कसरी चलाउने भन्ने चिन्ताले पिरोल्ने गर्थ्याे । रुखबाट खसेर आन्द्रा फुटेपछि अन्य काम गर्नसक्ने अवस्था नभएको पुरनले बताए ।
‘डाक्टरले बाँच्दैनसम्म भनेका थिए, दुई छोरीसहित आठजना परिवारको जिम्मेवारी काँधमा थियो, स्थानीय सरकार र सङ्घसंस्थाको सहयोगमा तालिम लिएपछि हेयर कटिङ सेन्टर सञ्चालन गरेका छौँ, अब केही हुन्छ कि भन्ने आँट पलाएको छ’, उनले भने ।
महिनामा २० हजार कमाउने लक्ष्य
जीवन र पुरन हेयर कटिङ सेन्टर सञ्चालन गर्ने स्थानीय युवा हुन् । दैलेख बजारमा उनीहरूबाहेक बाहिरी जिल्लाबाट आएकाहरूले पनि कपाल काट्ने काम गर्दै आएका छन् । दैलेख बजारमा उनीहरूका साथै पाँच वटा हेयर कटिङ सेन्टर सञ्चालनमा छन् ।
पुरन र जीवनले महिनामा २० हजारसम्म कमाउने लक्ष्य लिएका छन् । बाहिरी जिल्लाबाट आएका मान्छेले मासिक हेयर कटिङ सेन्टरबाट मनग्य आम्दानी गर्दै आएका छन्, हामी स्थानीय हौँ, सबै चिने जानेकै छन्, सहकार्यमा सञ्चालन गरेको हेयर कटिङ सेन्टरबाट मासिक एक जनाले २० हजार रुपैयाँ बढी कमाउने लक्ष्य लिएका छौँ ।
हेयर कटिङ सञ्चालनका लागि वडा कार्यालयले ४० हजार र एभरेष्ट क्लब दैलेख पावर परियोजनाले ५० हजार आफ्नै २५ हजार लगानी परेको जीवनले बताए ।
सीपपछि स्थानीयस्तरमा व्यवसाय सञ्चालन गर्न चाहने युवालाई वडाले विभिन्न सहयोग गर्दै आएको वडाध्यक्ष सन्देशकुमार श्रेष्ठले बताए । उनले एक भैँसीपालक किसानलाई ५० हजार, हेयर कटिङ सेन्टर सञ्चालनका लागि दुई जनालाई ४० हजार र अन्य व्यवसाय सञ्चालनका लागि तीन जनालाई आर्थिक उपकरण सहयोग गरिएको जानकारी दिए ।
एभरेष्ट क्लब दैलेख र सेभ द चिल्ड्रेनमार्फत सञ्चालित पावर परियोजनाले रातामाटेका ती दुई युवालाई तीन सय ९० घन्टाको व्यावसायिक हेयर कटिङ तालिम दिएपछि उनीहरूलाई व्यवसाय गर्न सहज भएको एभरेष्ट क्लबका वरिष्ठ उपाध्यक्ष बालकृष्ण केसीले बताए ।
युवालाई विभिन्न सीप विकास तालिमबाट क्षमता वृद्धि गर्ने र उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउन परियोजनाको मुख्य उद्देश्य रहेको जनाइएको छ ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...