नब्बे हजार श्रीलङ्काली खडेरीको चपेटामा
काठमाडौं । नब्बे हजारभन्दा बढी श्रीलङ्काली खडेरीको चपेटामा परेका देशको विपद् व्यवस्थापन केन्द्रले बताएको छ । पूर्वी, उत्तरपश्चिमी र उत्तरी प्रान्तका साथै सम्बारगमुवा प्रान्त खडेरी परेको केन्द्रले आज बताएको हो ।
सत्ताइस हजार आठ सय ८५ परिवारका ९० हजारभन्दा बढी सदस्य खडेरीबाट पीडित भएका छन् । एक्काइस हजार परिवारका करिब ७० हजार सदस्य उत्तरी प्रान्त जाफ्नामा प्रभावित भएका केन्द्रले जनाएको छ ।
वर्षा याममा पानी नपर्दा तथा मौसमी वर्षा पनि नहुँदा धेरै श्रीलङ्काली खडेरीको चपेटामा परेका हुन् । खडेरीका कारण कृषि उत्पादन नहुँदा देशले खाद्य सङ्कट झेल्दै आएको छ । गत वर्ष विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले ३० लाख सर्वसाधारणलाई खाद्यान्न वितरण गरेको थियो । यो वर्ष करिब ४० लाख श्रीलङ्कालीलाई यस्तो सहायता आवश्यक पर्ने अनुमान डब्ल्युएफपीले गरेको छ ।
दश लाख बालबालिकाले विद्यालयमा खाजासँगै अध्ययन गरेका छन् । डब्ल्युएफपीले देशका नौ जिल्लामा विद्यालय खाजा कार्यक्रम कार्यान्वयन गरेको छ । विद्यालय खाजा कार्यक्रमअन्तर्गत स्कूलहरूमा चामल वितरण गरिएको थियो । एक्काइस प्रतिशत श्रीलङ्काली सन्तुलित भोजनबाट वञ्चित छन् ।
जग्गा भाडा, श्रमशक्ति, इन्धन, कृषि सामग्री र ऋण भुक्तानीमा भएको उच्च खर्चका कारण कृषि गतिविधिमा संलग्न घरपरिवारको ज्यादै घटेको छ । सामाजिक सुरक्षा, निवृत्तिभरण र मानवीय सहायतामा भर परेका परिवारहले गत वर्षको तुलनामा यो वर्ष आम्दानी स्थिर रहेको बताएका छन् । अदक्ष श्रम, कृषि, निवृत्तिभरणमा निर्भर परिवारको अनुपात बढेको छ ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई...
-
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक...
-
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित
काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता...
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...