ताजा समाचार

मकवानपुरमा पहिरो : एकको मृत्यु, ६ जना बेपत्ता

मकवानपुर । मकवानपुरको वाग्मती गाउँपालिका–५, सिग्रेमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ ।

तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वाग्मती–५, सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिरोले पुरिएको हो । पहिरोमा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ ।

अक्कलबहादुर, उनकी छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुलीको हरिहरपुरका १६ वर्षीया पासाङ पहिरोमा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org