ताजा समाचार

फक्सट्रट चार्ली अपरेशन: पक्राउ पर्ने डाक्टरको संख्या आठ पुग्यो

काठमाडाैँ । नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंबाट थप एक जना चिकित्सकलाई पक्राउ गरेको सिआइबीका एसपी नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार सुमेरू सिटी हस्पिटलकी डा. पुनम थापा चौधरी पक्राउ परेकी हुन्।

उनलाई काठमाडौंस्थित घरबाट पक्राउ गरेको हो। यसरी पक्राउ पर्नेको संख्या ८ पुगेको छ।

सिआइबीले मोरङ क्षेत्र नम्बर ३बाट निर्वाचित कांग्रेस सांसद सुनिल शर्मालाई पनि पक्राउ गरेको छ।

डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह, डा. अमित चौधरी, डा. श्रद्धा शिल्पकार र डा. मनित चौधरी पनि पक्राउ परेका छन्।

सिआइबीले फक्सट्रट चार्ली अपरेशन देशभरि चलाएर नक्कली शैक्षिक प्रमाणपत्र लिने चिकित्सकहरूलाई पक्राउ गरिरहेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org