ताजा समाचार

संखुवासभा अन्तर पालिका स्तरीय फुटसलको उपाधि धर्मदेवीलाई

काठमाडाैँ  । काठमाडाैँमा सम्पन्न संखुवासभा अन्तर पालिका स्तरीय फुटसल प्रतियोगिताको उपाधि धर्मदेवीनगर पालिकाले जितेको छ ।
खाँदबारी नगरपालिकालाई हराउँदै धर्मदेविले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उप विजेता खाँदबारीले नगद १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
सभापोखरी गाउँ पालिका र भोटखोला गाउँले सान्त्वना स्थान २५ सय नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
विजेता तथा उपविजेता टिमलाई एमाले स्थायी कमिटी सदस्य तथा केन्द्रिय प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले  बधाई ज्ञापन गरेका थिए ।
संखुवासभा-काठमाडाैँ सम्पर्क मञ्चले अन्तरपालिका स्तरीय  फुटसल आयोजना गरेको थियो ।
प्रतियोगितामा १० टिम सहभागिता रहेको थियो ।
शनिबार प्रतियोगिताकाे उद्घाटन एमाले नेता लालबाबु पण्डितले ले गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org