ताजा समाचार

ललिता निवास जग्गा प्रकरण: सिआइवीले बोलाएपछि राजनीतिक र कानुनी परामर्शमा माधव नेपाल

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बोलाएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई राजनीतिक र कानुनी परामर्श गरेका छन्।

सोमबार विदेश भ्रमणबाट फर्किएपछि नेपाललाई सिआइवीले सोधपुछका लागि बोलाएपछि उनी परामर्शमा लागेका हुन्। स्रोतका अनुसार उनलाई मंगलबारका लागि उपस्थित हुन सिआइवीले आग्रह गरेको छ। सोमबार पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग सिआइवीले सोधपुछ गरेको थियो।

नेपालको आग्रहमा सोमबार साँझ सत्ता गठबन्धनको बैठक बसेर यस विषयमा छलफल गरेको थियो। नेपालले मंगलबार बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक नेतृत्व र कानुन व्यवसायीहरुसँग छलफल गरेका छन्।

२०६६ सालमा नेपाल नेतृत्वको मन्त्रिपरिषदका निर्णयका कारण बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाउमा पुर्याउन सहयोग पुगेको भन्दै सर्वोच्चले साउन २१ गते उनीमाथि छानबिन गर्न आदेश दिएको थियो। अर्का प्रधानमन्त्री बाबुराम भट्टराईमाथि पनि छानबिन गर्न सर्वोच्चले आदेश दिएको छ।

अख्तियारले २०७६ बालुवाटार प्रकरणमा १७५ जनालाई मुद्दा दायर गरे पनि नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय लिएको थियो। अहिले सिआइवीले अनुसन्धान अघि बढाएसँगै १८ जनालाई पक्राउ गरिसकेको छ भने नेपाल र भट्टराईमाथि पनि अनुसन्धान केन्द्रीत गरेको छ।

दुवै पूर्वप्रधानमन्त्रीहरुले प्रकरणमा आफू दोषी नरहेको बताउँदै अनुसन्धानका लागि सहयोग गर्ने सार्वजनिक रुपमा प्रतिबद्धता जनाएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org