सरकारको प्रभावमा सिआइबीः माधव नेपाल र बाबुराम भट्टराईको बयान नलिने
१ भदौ, काठमाडौं । बालुवाटार स्थित ललिता निवास जग्गा हिनामिना तथा घोटला प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी केन्द्रिय अनुसन्धान व्युरो(सिआइबी)ले गरेको छ ।
हाल सम्म सिआइबीले उक्त प्रकरणमा १८ जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाइसकेको छ । उक्त प्रकरणमा संलग्न र मुख्य आरोपीका रुपमा रहेका पुर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईको भने सिआइबिले बयान नलिने भएको छ ।
वर्तमान सरकारले सुशासन र भ्रष्ट्रचार विरुद्ध चर्को नारा लगाए पनि केही महत्वपुर्ण प्रकरणमा संलग्न उच्च ओहोदाका व्यक्तिलाई भने संरक्षण गर्न अनुसन्धान नै नगरेकाले सरकारको भुमिका माथि प्रश्न खडा गरेको छ ।
ललिता निवास जग्गा घोटला प्रकरणमा नेपाल र भट्टराईको पनि सरकारी साक्षीका रुपमा कागज गर्ने तयारी गरेपनि अनुसन्धान प्रतिवेदन बुझाउनु अघि ब्युरो उनीहरुको बयान लिन बाट पछि हटेको हो ।
ब्युरोले अनुसन्धान अघि बढाएको ५३ दिन पुगेको छ, भने सीआईबीले उक्त प्रकरणमा सङ्गठित सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । अब ७ दिन भित्र अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यलयमार्फत जिल्ला अदालतमा मुद्धा दर्ता गरिसक्नु पर्छ, त्यसैले ६० दिन भित्रै अथवा भदौ ८ गते जिल्ला सरकारी वकिल कार्यलयमार्फत ललिता निवास प्रकरणको मुद्धा जिल्ला अदालतमा दर्ता गर्न लागेको हो । ब्युरो स्रोतका अनुसार शुक्रबार नै अनुसन्धान प्रतिवेदन वकिललाई बुझाउने तयारि भइरहेको छ ।
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्ले गरेको चार वटा निर्णयमा संलग्नहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश गरेको छ । साउन २१ मा न्यायाधीश अनिलकुमार सिन्हा र डा। कुमार चुडालको इजलासले सो आदेश गरेपछि पूर्व प्रधानमन्त्री भट्टराई र नेपालमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको थियो ।
मन्त्रिपरिषद्ले २०६६ चैत २९, २०६७ वैशाख ३१, २०६७ साउन २८ र २०६९ असोज १८ मा गरेको निर्णयलाई गलत व्याख्या गरेर जग्गा हिनामिना भएको थियो । सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय तथा प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष संलग्न हुनेलाई अनुसन्धानको दायरामा ल्याउन आदेश गरेको थियो ।
तर,सर्वोच्चको आदेश अनुसार चार वटा मन्त्रिपरिषद्को निर्णय गर्ने नेतृत्वकर्ता नेपाल र भट्टराई अनुसन्धानको दायरामा नै आएका छैनन् ।
सीआईबीले साउन २८ मा पूर्व मुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएको थियो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्य सचिव थिए ।
Comments
अरु समाचार
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...