कोशीमा सत्तागठवन्धनको बलमिच्याँई
कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरिएको छ । सभाको अध्यक्षता गरिरहेका सांसदले मतदान गरेपछि विपक्षीको नाराबाजी र होहल्लाबीच थापाले विश्वासको मत पाएको घोषणा गरिएको हो ।
कोशी प्रदेश सभामा ९३ जना सांसद रहेकोमा सोमबारको बैठकमा ७७ जनामात्र उपस्थित भएका थिए । उपस्थित सांसदमध्ये मुख्यमन्त्री थापाको पक्षमा ४७ मत प्राप्त भएको छ भने विपक्षमा ३० मत प्राप्त भएको घोषणा गरिएको छ ।
कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको थियो ।
संविधानविद् बिपिन अधिकारी, कोशी प्रदेशमा सरकार बनाउन अपनाइएको शैली संविधानसम्मत नरहेको बताउँछन् । ‘कानुनमा प्रत्यक्ष रुपमा जे काम गर्न पाइदैन भनेको हुन्छ, त्यो काम अप्रत्यक्ष रुपमा पनि गर्न पाइदैन’, उनी भन्छन्, ‘सभामुखले गर्न नपाउने काम सभामुखको भूमिकामा रहने व्यक्तिले पनि पाउँदैन ।’
गत ११ साउनमा मात्रै सर्वोच्च अदालतले थापाकै नेतृत्वमा सरकार बनाउन अपनाइएको प्रक्रियामा सभामुखको भूमिका असंवैधानिक भएको फैसला सुनाएको थियो । २१ असारमा बाबुराम गौतमले सभामुखको हैसियतमै थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । त्यसबेला पनि सत्ता गठबन्धनले सभामुख समेतलाई जोडेर सांसद संख्या ४७ पुर्याएको थियो ।
तर तटस्थ भूमिकामा रहनुपर्ने सभामुखको संलग्नतामा बनेको सरकार बदर भएपछि पुनः गत १६ साउनमा थापा मुख्यमन्त्री नियुक्त भएका थिए । थापाले पुनः मुख्यमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाउँदा भने गौतमले सभामुख पदबाट राजीनामा दिएर दाबीपत्रमा हस्ताक्षर गरेका थिए ।
तर विपक्षी एमाले र राप्रपाको असहयोगका कारण सत्तारुढ दल कांग्रेसका सांसद मन्सुरीले सोमबार पनि बैठक चलाउनुपर्यो । अध्यक्षता गरेकाले मत नदिए मुख्यमन्त्री थापाले विश्वासको मत पाउने संभावना थिएन ।
अदालतको फैसला मात्रै नभएर संविधानले समेत सभाध्यक्षले मत दिन नपाउने व्यवस्था गरेको छ । संविधानको धारा १८६ मा लेखिएको छ, ‘…अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन ।’ यदि प्रदेशसभामा कुनै प्रस्तावमा मत विभाजन हुँदा मत बराबर भएमा चाहिँ अध्यक्षता गर्ने व्यक्तिलाई पनि मतदानको अधिकार संविधानले दिएको छ ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...