ताजा समाचार

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ।

अमेरिकी राजदूत थम्पसन र एमाले अध्यक्ष ओलीबीच मंगलबार बिहान ओली निवास बालकोटमा भेटघाट भएको हो। प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न राजदूत थम्पसन बालकोट पुगेका थिए ।

भेटमा एमालेका नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईसमेत थिए। उनीहरुबीच दुई देशको पारस्परिक सम्बन्ध र अन्य समसामयिक विषयमा छलफल भएको बालकोट स्रोतले जनाएको छ।
असार अन्तिम साता अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुपनि एमसीसी कार्यान्वयनका विषयमा छलफल गर्न नेपाल आएका थिए। अमेरिकाले संसदबाट अनुमोदन भएको एमसीसी परियोजना कार्यान्वयनका लागि नेपालका राजनीतिक दलहरुलाई ताकेता गरिरहेको छ।

एमसीसी परियोजना कार्यान्यवनको मिति नजिकिएसँगै अमेरिकी राजदूतले नेताहरुसँगको भेटलाई तिब्रता दिएका छन्।

एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ। हालको सत्ता गठबन्धनले १२ बुँदे व्याख्यात्मक घोषणासहित २०७८ साल फागुन १५ गते संसदबाट एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org