सुनको अवैध कारोबारका लागि पशुपतिको जलहरी प्रकरण उठाइएको: महासचिव पोखरेल
काठमाडाैँ । एमाले महासचिव शंकर पोखरेलले पछिल्लो सुन तस्करी प्रकरणमा सत्ता पक्ष नै संलग्न रहेको आफूहरूको निष्कर्ष रहेको दाबी गरेका छन् ।
नेकपा एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रममा महासचिव पोखरेलले त्यही निष्कर्षका आधारमा आफूहरूले उच्चस्तरीय छानबिन समिति गठन माग गरेको बताएका हुन् । उनले सुनको अवैध कारोबारका लागि पशुपतिको जलहरी प्रकरण उठाइएको समेत बताए ।
महासचिव पोखरेलले भने, ‘सुनको अवैध कारोबार गर्न पशुपति सुन काण्ड बाहिर ल्याइयो । दुई महिनामा यति ठूलो सुन तस्करी भएको तत्थ्य छ भने एक वर्षमा कति हुन्थ्यो होला । यो प्रकरणमा सत्तापक्ष नै संलग्न छ भन्नै कुराको निष्कर्षका आधारमा हामीले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका हौं ।’
त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान सुरु भएको पनि महासचिव पोखरेलले बताए । उनले भने, ‘नक्कली भुटानी शरणार्थीका मुद्दामा प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान सुरु भयो । गृहको नक्कली प्रतिवेदनका आधारमा एमालेमाथि आरोप लगाउने काम गरियो ।’
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...