ताजा समाचार

एमाले र राप्रपाको नाराबाजीपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडाैँ । प्रतिपक्षी एमाले र राप्रपाले अवरोध गरेपछि कोशी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित भएको छ ।

सभाध्यक्षले सभा शुरू गर्दै लाग्दा एमाले र राप्रपाका सांसदहरूले अवरोध पुर्याएका थिए ।

मुख्यमन्त्री उद्धव थापाले आफूलाई सत्तामा टिकाइराख्नका लागि सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीलाई मत हाल्न लगाएको विरोधमा एमाले र राप्रपाले आज संसद् चल्न नदिएका हुन् ।

मुख्यमन्त्री थापाले एमाले र राप्रपाको विरोधका बीच सोमवार विश्वासको मत लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org