ताजा समाचार

जब चिनियाँ राष्ट्रपति सीका सहयोगीलाई ढोकामै रोकियो…

काठमाडाैँ । चीनका राष्ट्रपति सी चिनफिङको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडिओमा चिनियाँ राष्ट्रपति सी आफ्ना आफ्ना सहयोगीका साथ हलमा प्रवेश गरिरहेको देखिन्छ। यसलाई ब्रिक्स शिखर सम्मेलनको हल भनिन्छ।

तर सी ढोकाभित्र छिर्नासाथ एक सुरक्षा गार्डले उनका सहयोगीलाई भने ढोका थुनेर रोकेको देखिन्छ।

त्यसबेला चिनियाँ राष्ट्रपति सी भने ढोकाबाट छिरेर रातो कार्पेटमा हिँडिरहेका हुन्छन् र बारम्बार फर्केर ढोकातर्फ हेरिरहेका छन्। तर, आफ्ना सहयोगीलाई रोकेकामा उनले कुनै विरोध वा आपत्ति प्रकट गरेको देखिँदैन।

हेर्नुहोस् भिडिओ-

उक्त भिडिओबारे सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आइरहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org