वाग्नर समुहका प्रमुखको हवाई दुर्घटनामा मृत्यु
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन माथि विद्रोह गर्ने रुसको एक निजी सेना वाग्नरका प्रमुखको हवाई दुर्घटनामा परि निधन भएको छ । निजी सेना वाग्नर समुहका प्रमुख येभगेनिभ प्रिगोजिनको गए राति हवाई दुर्घटनामा परि मृत्यु भएको समाचार संस्था रोयटर्सले रुसको एजेन्सी टासलाई उद्धृत गर्दै यस्तो खबर दिएको हो । उनि सँगै दुर्घटनामा परि बाँकी १० सैनिको पनि मृत्यु बएको बताइएको छ ।
जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध विद्रोह गरेका येभगेनीको बुधबार राति दुर्घटनामा परि निधन भएको हो ।
करिब डेढ वर्ष अघि देखी रुस र छिमेकी मुलुक युक्रेन बिच युद्ध चलिरहेको छ । उक्त युद्धमा परि दुवै तर्फका लाखै सेना मरेका छन् भने करोडौ मानिस यसले प्रभावित भएका छन् । युद्ध कहिले र कसरि सकिने अझै अनिश्चित जस्तै छ । मुलत नेटोसमुह र रुस बिच जस्तो देखिने यो युद्धले विश्वलाई नै ठुलो समस्यामा पारेको छ । यहि युद्धकै बिच रुसिकै स्थानिय निजी सेना समुहले राष्ट्रपति माथि आक्रमण गरे पछि रुस गृह युद्धमा जाने निश्चित जस्तै थियो तर उक्त समस्यालाई अर्का छिमेकी राष्ट्र बेलारुसका राष्ट्रपतिले २४ घण्टा भित्रै साम्य पारेका थिए । तिनै सेनका प्रमुखको गए राति दुर्घटनामा निधन भएको हो ।
रोयटर्सले दिएको जानकारि अनुसार यो दुर्घटना बुधबार दिउँसो मस्कोको उत्तरी क्षेत्रमा भएको हो । रुसको नागरिक उड्डयन प्राधिकरणले येभगेनीको नाम यात्रु सूचीमा रेहेको मात्रै जानकारि दिएको छ ।
राष्ट्रपति माथि आक्रमण भएपछि महिनौ सम्म हराएका प्रिगोजिन दुई दिन अघि अफ्रिकामा भिडियोमा सैन्य पोशाकमा देखापरेका थिए । उनि कहिले र कसरि रुस पुगे भन्ने खुलाएको छैन् ।
सामाजिक सञ्जालमा दुर्घटनाका केही भिडियोहरू छन्, यद्यपि यसको प्रामाणिकता पुष्टि हुन बाँकी रहेको स्रोतले जनाएको छ।
जुन १ सन् १९६१ मा सेन्ट पिटर्सबर्गमा जन्मिएका प्रिगोजिन कुनै समय राष्ट्रपति पुटिनका साथि समेत थिए ।
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...