अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण
काठमाडाैँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गरेका छन्।
शुक्रबार जर्जियाको फुल्टन काउन्टी जेल पुगेर ट्रम्पले आत्मसपर्पण गरेको सिएनएनले जनाएको छ। सन् २०२० को राष्ट्रपति निर्वाचन हार्ने निश्चित भएपछि आपराधिक कृयाकलाप गरी परिणाम उल्ट्याउन कोशिस गरेको आरोप लागेपछि उनले आत्मसमर्पण गरेका हुन्।
जेल चलान भएको २० मिनेटमा उनी जमानत तिरेर रिहा भएका हुन्। सिएनएनका अनुसार औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरी उनी २ लाख अमेरिकी डलर जमानत तिरेर रिहा भइसकेका छन्।
ट्रम्पको मगशट (जेलमा राखिने आधिकारिक तस्बिर) पनि सार्वजनिक भएको छ। सिएनएनका अनुसार अमेरिकी इतिहासमा पूर्वराष्ट्रपतिको मगशट सार्वजनिक भएको यो पहिलो घटना हो। ट्रम्पले आत्मसमर्पण गरेको यो चौथो पटक हो।
ट्रम्पविरूद्ध यसअघि पूर्वपोर्न स्टारसँगको सम्बन्धलाई लुकाउन उनलाई पैसा दिएको, राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य दस्तावेज आफूसँग राखेकोलगायत विषयमा पनि अनुसन्धान भइरहेको छ। निर्वाचन परिणाम उल्ट्याउन प्रयास गरेको विषयमा मंगलबार डिस्ट्रिक्ट कोर्ट इन वासिङ्टनमा ट्रम्पविरूद्ध मुख्य ४ अभियोग लगाएर अभियोग पत्र दर्ता गरेका थिए।
४५ पृष्ठ लामो अभियोग पत्रमा ट्रम्पले अमेरिकालाई जालसाजी गर्न षडयन्त्र गरेको, राजकीय प्रक्रिया रोक्न षडयन्त्र गरेको, राजकीय प्रक्रिया रोकेको र रोक्न खोजेको र अमेरिकी नागरिकको अधिकारविरूद्ध षडयन्त्र गरेको उल्लेख गरिएको छ।
अभियोग पत्रमा सन् २०२० को चुनाव आफूले जितेको भन्दै ट्रम्पले अफवाह फैलाएको र जसरी पनि सत्तामा बस्न उनले समर्थकहरूलाई हिंसामा उत्रिन उकासेको दाबी गरिएको छ।
ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट फेरि राष्ट्रपति उम्मेदवार बन्ने दौडमा छन्। अमेरिकाका कुनै पूर्वराष्ट्रपतिलाई चुनावी नतिजा उल्ट्याउन प्रयास गरेको भन्दै आपराधिक अभियोग लगाएर अदालतमा मुद्दा परेको यो पहिलो पटक हो।
२०१६ मा अमेरिकाको राष्ट्रपति निर्वाचित भएका ट्रम्प सन् २०२० मा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए। तर उनले पराजय सहजै स्वीकारेनन्। चुनावमा धाँधली भएको र आफूलाई हराइएको उनले आरोप लगाइरहे।
सन् २०२१ को जनवरी ६ मा अमेरिकाको संसद भवन क्यापिटल हिलमा चुनावी नतिजाको औपचारिक घोषणा हुने दिन ट्रम्पका समर्थकहरूले हिंसा भड्काएका थिए। बाइडेनलाई निर्वाचित भएको प्रमाणपत्र दिन नदिन उनीहरू हुलहुज्जत गर्दै संसद भवनभित्र पसेका थिए। उक्त घटनामा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।
उक्त आरोपमा जेलमुक्त भएपछि उनी न्यू जर्सी पुगिसकेका छन्। त्यहाँ पुगेर उनले आफू निर्दोष रहेको बताएका सिएनएनले उल्लेख गरेको छ। एक वर्षपछि गरेको ट्वीटमा पनि ट्रम्पले आफ्नो मगशट राखेका छन्।
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...