सुन तस्करी प्रकरणमा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडियो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट बरामद गिरएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडिएको पाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको उक्त सुन तस्करी प्रकरणमा तस्कर समूहले सुनको पेमेन्टका लागि क्रिप्टोकरेन्सीमा कारोबार गर्ने गरेका अनुसन्धानका क्रममा खुलेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले बताएका छन् ।
‘केही पैसा हुण्डीबाट पनि गएको देखिन्छ भने ठूलो रकम क्रिप्टोमार्फत कारोबार भएको पाइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले बताएका छन्, उनले भने, ‘यो विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।’
स्रोतका अनुसार, सुन तस्करी प्रकरणमा क्रिप्टो जोडिएपछि सीआईबी सुन प्रकरणको अनुसन्धान समितिमा सीआईबीका डिजिटल फरेन्सिक प्रमुख एसपी एमएम धामीलाई पनि अनुसन्धान खटाएको छ । स्रोतका अनुसार, क्रिप्टोकरेन्सी सम्बन्धी अनुसन्धानको विज्ञका रुपमा उनलाई अनुसन्धानमा जोडिएको हो ।
अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, हालसम्म अनुसन्धानबाट खुलेका तथ्यहरु हेर्दा तस्करीमा संलग्न यो गिरोह सोचेभन्दा निकै धेरै संगठित देखियो’, ‘हालसम्म सीआईबीले हेरेका संगठित अपराधका केशहरुमध्ये यसमा सबैभन्दा धेरै अत्याधुनिक प्रविधि प्रयोग भएको देखिएको छ ।’
सुन प्रकरणमा अहिलेसम्म सीआईबी ६ जना विदेशी नागरिक सहित २४ जना व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । यसमा प्रकरणमा चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ भने नेपाली मूलका बेल्जियम नागरिक दावा छिरिङले सुनको व्यवस्थापन गर्ने गरेको हुनसक्ने आधारहरु अनुसन्धान बाट देखिएको छ ।
Comments
अरु समाचार
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...