ताजा समाचार

बालेनले सामाजिक सञ्जालबाट हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

काठमाडाैँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने विवादास्पद फेसबुक स्टाटस हटाएका छन् ।

चौतर्फी आलोचना भएपछि शनिबार राति लेखेको विवादास्पद स्टाटस बालेनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकबाट हटाएका हुन् ।

आफ्नी श्रीमती सविना काफ्ले चढेको सरकारी गाडीलाई शनिबार ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले सिंहदरबारमा आगो लगाउने धम्कीसहित ‘फेसबूक स्टाटस’ लेखेका थिए । ट्राफिक प्रहरीले रोक्दा गाडीमा ड्राइभर र बालेनकी श्रीमती थिए । चेकजाँचका क्रममा रोकेर सोधपुछ गरेपछि आक्रोशित बालेनले अराजक शैलीमा फेसबूक स्टाटस लेखेका थिए।

बालेनले ‘आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,’ लेखेका थिए ।
अहिले बालेनको पेजमा स्टाटस देखिँदैन । उनले स्टाटस हटाए पनि यसबारे कुनै आधिकारिक जानकारी दिएका छैनन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org