ताजा समाचार

सरकारले जग्गा देओस् क्रिकेट स्टेडियम बनाउन हामी पहल गर्छौंः मेयर बालेन शाह

काठमाडाैँ । सरकारले काठमाडौं महानगर वा आसपासमा सय रोपनी जग्गा उपलब्ध गराए महानगरपालिकाका तर्फबाट क्रिकेट रंगशाला बनाउन पहल गरिने मेयर बालेन्द्र शाहले बताएका छन्।

एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका शाहले त्यहाँको क्रिकेट स्टेडियम हेरेपछि सामाजिक सञ्जालमार्फत सरकारले जग्गाको व्यवस्था गरे महानगरका तर्फबाट क्रिकेट रंगशाला बनाउन पहल गर्ने घोषणा गरेका हुन्।

‘गजबको कुरा के थियो भने त्यहाँ (श्रीलंका) खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियमजस्तै थियो, केही प्याराफिट र अलि बढी सुविधा। नेपालमा त्यही स्तरको रंगशाला जग्गाबाहेक ८०/९० करोडमा नै बन्छ सायद’, त्यहाँको भिडिओ राख्दै बालेन्द्रले लेखेका छन्, ‘यसैले नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org