प्रचण्डले बोलाए ओली बोलेनन्
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकीहरूसँग सन्तुलित सम्बन्ध राख्न सुझाव दिइएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सिधै उत्तरी छिमेकी मुलुक चीन जाने प्रधानमन्त्री प्रचण्डको तयारी छ।
असोज ५ गतेदेखि चीन भ्रमणमा जाने तयारीमा रहेका दाहालले सोही सन्दर्भमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता तथा पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका थिए।
सोही क्रममा सहभागी दलका नेताहरूले चीन र भारत दुवै देश नेपालका असल छिमेकी भएको बताउँदै सन्तुलित सम्बन्ध राख्न सुझाएका हुन्। चीन भ्रमणमा रहँदा संघीय संसद्बाट सर्वसम्मतिले पारित गरेको नेपालको चुच्चे नक्साबारे पनि कुरा उठाउन प्रधानमन्त्री प्रचण्डलाई सहभागी नेताहरूले सुझाव दिए ।
बैठकमा सहभागी नेताहरूले मुलुकको आर्थिक विकाससहितका विषयमा प्रधानमन्त्री प्रचण्डलाई व्यक्तिगत र पार्टीगत सुझाव दिएका थिए। तर संसद्कै दोस्रो ठुलो एवं प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले भने प्रधानमन्त्री दाहालको चीन भ्रमण र संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताबारे कुनै धारणा राखेनन्।
अन्य दलका नेताभन्दा ओली १० मिनेट ढिला गरी छलफलस्थलमा पुगेका थिए। ओली पुगेपछि बैठक सुरु भए पनि उनले केही बोलेनन्। केही समय बैठकमा सहभागी ओली केही नबोलीकनै बाहिरिएको बताइएको छ। बैठकमा सहभागी एक नेताले भने, ‘१० मिनेटजति ढिला आइपुग्नुभएको थियो, एकछिन बस्नुभयो अनि केही नबोली हिँड्नुभयो।’
बैठकमा सहभागी एमाले नेतासमेत रहेका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने चीन नेपालसँग सशंकित रहेको धारणा राखेका थिए। प्रधानमन्त्रीले आगामी भ्रमणका क्रममा चीनलाई आश्वस्त बनाउनुपर्ने तर्क गरेका थिए।
बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पनि दुई देशका विषयमा केही बोलेनन्। उनले प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको शुभकामना मात्र दिए।
चीन–नेपालको सम्बन्धन सदियौंदेखि रहेको जनाउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले छिमेकी मुलुकहरूले गरेको विकासबाट लाभ उठाउन सक्नुपर्ने धारणा राखेका थिए। नेपाल कुनै पनि देशको पक्ष वा विपक्षमा उभिन नहुने र नउभिने धारणा राख्दै देउवाले सन्तुलित सम्बन्ध निर्माणमा प्रधानमन्त्रीले ध्यान दिनुपर्ने सहभागीहरूले बताए।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले पनि चीनसँगको नेपालको सम्बन्धन कमजोर बनेको धारणा राखेका थिए। पुरानो सम्बन्धलाई निरन्तरता दिनेगरी प्रधानमन्त्रीले भ्रमणका क्रममा चीनको आशंका हटाउन लाग्नुपर्ने तर्क गरे।
वर्ल्ड बैंकको ‘लोन’ लिएर भए पनि मुलुकको विकास गर्नुपर्नेमा जोड दिँदै तामाङले क्रस बोर्डर विद्युत् लाइनसहितका विषय उठाएका थिए। गरिबी निवारणको सवालमा चीनले हासिल गरेको सफलताबाट लाभ लिनुपर्ने धारणा राख्दै सहभागी जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपालको आर्थिक विकास हुनेगरी विषय उठान गर्न सुझाए।
२०६५ मा पहिलोपटक प्रधानमन्त्री भएपछि औपचारिक विदेश भ्रमण चीनबाटै सुरु गरेका प्रधानमन्त्री दाहाल यसपालि भने प्रधानमन्त्री बनेको आठ महिनापछि मात्र चीनको यात्रामा निस्कने तयारीमा छन्। त्यसक्रममा चीन र नेपालका बिचमा विभिन्न चरणमा द्विपक्षीय समझदारी तथा सम्झौताहरू भएका छन् तर कार्यान्वयनमा गइसकेका छैनन्। २०७६ सालमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका बेला २० बुँदे सम्झौता भएको थियो।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...