फुटबलप्रेमी नेम्वाङ,मेसीका ‘डाइहार्ट’ फ्यान
काठमाडाैँ । ‘मलाई सारै मनपर्ने खेलाडी मेस्सी पीएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु। अर्जेन्टिना र पीसएजीको फुटबल हेर्छु’, कतार विश्वकप शुरु हुनुअघि राजधानीमा आयोजित एक कार्यक्रममा सुवास नेम्वाङले भनेका थिए, ‘जे होस् योपालि चाहिँ अर्जेन्टिना र मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ।”
नभन्दै भयो पनि त्यस्तै। गत वर्ष कतारमा आयोजित २२औँ विश्वकपको उपाधि अर्जेन्टिनाले जित्यो। नेम्वाङ अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीको प्रशंसक थिए। सार्वजनिक मञ्चमा वेला–वेला फुटबलको प्रसंग उप्काउँथे। अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीपछि पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो उनलाई मन पर्ने खेलाडी थिए।
नेकपा एमालेभित्रको विवाद उत्कर्षमा थियो। त्यही वेला १६औँ संस्करणको युरोकप फुटबल चलिरहेको थियो। यो २०७८ असारतिरको कुरा हो। पार्टीको विवाद समाधानका लागि गठित कार्यदलको संयोजक थिए नेम्वाङ।
घण्टौँसम्म बसेको कार्यदलको बैठकबारे उनले त्यो वेला सञ्चारकर्मीसँग भनेका थिए, ‘बिहान ८ बजे नै सुखद् समाचार दिन्छौँ भनेका थियौँ। त्यस्तो खालको परिस्थिति त बनेन। तर सहमति गरेर हामी फुटबल हेर्न जान्छौँ। त्यसकै लागि ११ घण्टादेखि प्रयत्न जारी छ।’
त्यही दिन युरो कपको उपाधिका लागि इङ्ल्याण्ड र इटाली भिडेका थिए। इङ्ल्याण्डलाई पराजित इटालीले युरो कप जित्यो। सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने बताएका नेम्वाङले फाइनल खेल हेरे वा हेरेनन् थाहा भएन तर, त्यही दिन १० बुँदे सहमति भयो। यद्यपि एमालेको विभाजन भने रोकिएन।
माधवकुमार नेपाललगायतका नेता एमालेबाट अलग्गिएर छुट्टै पार्टी खोले। पार्टीभित्रको विवादको रापतापमा पनि नेम्वाङले दिएको त्यो अभिव्यक्तिले फुटबलप्रतिको लगावलाई दर्शाउँथ्यो। नेम्वाङ कुनैताका फुटबल खेल्नुहुन्थ्यो। पार्टी र राजकीय कामको चटारोमा पनि उहाँ राष्ट्रिय–अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता रुचिसाथ हेर्ने गर्थे।
विद्यालय उमेरबाटै उहाँ फुटबलमा आकर्षित थिए। सञ्चारकर्मीसँगको कुराकारीमा उहाँले इलाममा रहँदा क्याम्पस र जिल्लास्तरका खेलमा क्याप्टेन भएर खलेको अनुभव सुनाउँथे।
काठमाडौं आएपछि पनि राष्ट्रिय प्रतियोगिता नछुटाई हेर्ने गर्थे। पहिलो दक्षिण एसियाली फुटबलमा नेपालले भारतलाई हराएको क्षण उनका लागि कहिल्यै बिर्सन नसक्ने क्षणका रूपमा रहेको थियो। संविधानसभा अध्यक्ष हुँदाको व्यस्तताका बीच पनि समय निकालेर उहाँले फुटबल हेर्थे।
विश्व फुटबलमा उहाँलाई सबैभन्दा मनपर्ने क्लब बार्सिलोना थियो। जुन क्लबमा अर्जेन्टिनी फुटबलर मेस्सीले १७ वर्ष बिताएका थिए। दुई वर्षअघि बार्सिलोना छोडेर मेस्सी पीएसजी गएपछि आफ्नो रोजाइ पनि पीएसजी हुन पुगेको नेम्वाङ बताउँथे। राति १२–१ बजेतिर उठेर पनि फुटबल हेर्ने गरेको उनी सुनाउँथे।
नेम्वाङको फुटबलप्रतिको प्रेम र लगाव पनि जीवनको आखिरीसम्मै रह्यो। राज्यको उच्च ओहोदामा पुगेको व्यक्ति भइकन पनि खेलकुदप्रति उनले देखाएको चासोले नयाँ पिँढीलाई पनि प्रेरित गर्थ्यो।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












