ताजा समाचार

अन्त्येष्टिका लागि आर्यघाट पुर्‍याइयो नेम्वाङको पार्थिव शरीर

काठमाडाैँ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका पशुपति आर्यघाट पुर्‍याइएको छ ।

लिम्बू संस्कृतिअनुसार विधि पूरा गरेर बालुवाटारस्थित निवासबाट निकालिएको शव अन्त्येष्टिका लागि आर्यघाट पुर्‍याइएको हो । नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ ।

विदेशमा रहेका २ छोरा आउन ढिला भएकाले नेम्वाङको अन्त्येष्टिमा ढिलाइ भएको थियो । छोराहरू बुधवार नेपाल फर्किएपछि बिहीवार अन्त्येष्टि गर्न लागिएको हो ।

उनको निधनको शोकमा सरकारले बिहीवार सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिनिधिसभाका पूर्व सभामुख तथा पूर्व कानूनमन्त्रीसमेत रहेका नेम्वाङको सोमवार मध्यराति निधन भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org