अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्यूर्योक पुगेका विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा बाइडेनले आयोजना गरेको रात्रिभोजमा उनीहरूबीच भेटघाट भएको हो ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति बाइडेनसँग भेटेको तस्वीर सार्वजनिक गरेका छन् । जसमा छोरी गंगा दाहालसमेत सँगै उभिएकी छिन् ।
राष्ट्रपति बाइडेनसँग भेटेको तस्वीर प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । जसमा प्रधानमन्त्री प्रचण्डले न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद ज्ञापन गरेका छन् । ‘अमेरिकी राष्ट्रपति महामहिम जो बाइडेन र श्रीमती बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि हार्दिक आभार तथा धन्यवाद !’ उनले भनेका छन् ।
यो कुनै औपचारिक भेटवार्ता भने होइन । रात्रिभोजमा विभिन्न देशका राष्ट्र प्रमुखलाई अमेरिकी राष्ट्रपति बाइडेलले स्वागतसँगै तस्वीसमेत खिचाउने गरेका छन् ।
उनी त्यहीँबाट आजै चीनको हाङजाओ प्रस्थान गरेका छन् । न्युयोर्कबाट प्रचण्ड चीनको हाङजाओ प्रस्थान गरेका हुन् ।
असोज ६ गते शनिवारदेखि १३ गतेसम्म प्रचण्डले चीनको भ्रमण गर्दैछन् । उनले बेइजिङको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा हाङजाओमै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ताको कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रचण्ड गत भदौ ३० गते न्ययोर्क गएका थिए । महासभालाई प्रचण्डले बिहीवार राति सम्वोधन गरेका छन् ।
चीन भ्रमण सकेर प्रचण्ड असोज १३ गते शनिवार स्वदेश फर्किने कार्यक्रम छ ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...