प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लि छ्याङबीच द्विपक्षीय वार्ता सुरु
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ।
स्थानीय समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपुलमा भेटवार्ता सुरु भएको हो।
यसअघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपुलमा स्वागत गरेका थिए। उनीहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ। भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता छ। भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ।
वार्तामा विभिन्न विषयमा छलफल र सम्झौताको तयारी छ। भेटवार्तामा नेपाल र चीनबीच बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता, नेपाल–चीन विद्युत् व्यापार, व्यापारिक सन्धि पुनरावलोकन, बीआरआईअन्तर्गत चिनियाँ अनुदानमा परियोजना निर्माण, नेपालमा लगानी, सीमानाका जोड्ने सडक विस्तार, प्रविधि, औद्योगिक पार्क निर्माण लगायत विषयमा छलफल हुनेछ। चीनमा हिल्सा, अरनिको राजमार्ग, ट्रान्समिशन लाइन, कृषि क्षेत्रको प्रस्तावसमेत रहनेछ।
त्यसअघि ग्रेट हल अफ दि पिपलमा प्रधानमन्त्री प्रचण्डलाई गार्ड अफ अनर प्रदान गरिएको छ।प्रचण्डलाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले सोमबार बिहान गार्ड अफ अनर प्रदान गरेको हो।
असोज ४ गते अमेरिकामा राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि सिधै चीन पुगेका प्रचण्डले शनिबार राष्ट्रपति सी जिनपिङसँग भेट गरिसकेका छन्।
यस्तै हिजो बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तालाई आग्रह गरे।
प्रधानमन्त्रीको भ्रमण टोलीले चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम पनि छ। प्रधानमन्त्रीको टोली चीनबाट असोज १३ गते स्वदेश फर्कनेछ। यसअघि आजै बिहान प्रधानमन्त्री दाहाल र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको थियो।
उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल–चीन सम्बन्धका विविध आयाममाथि प्रकाश पारेका थिए। अध्यक्ष झाओले दुई देशबीचको सम्बन्ध समानतामा आधारित रहेको चर्चा गर्दै नेपाल–चीन पञ्चशिलतामा आधारित परराष्ट्र नीतिलाई सम्मान गर्ने स्पष्ट पारेका थिए।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












