रातोपाटीमा कार्यरत पत्रकार धामीमाथि सांघातिक आक्रमण
काठमाडौँ । पत्रकार कृष्णसिंह धामीमाथि सांघातिक आक्रमण भएको छ । समाचार अनलाइन रातोपाटीमा कार्यरत पत्रकार धामीलाई सोमबार पाँच/छ जनाको समूहमा आएका व्यक्तिहरुले आक्रमण गरेका हुन् । धामीमाथि रातोपाटीको केन्द्रीय कार्यालय बखुण्डोल नजिकै सांघातिक आक्रमण गरेका हुन् ।
अपरान्ह करिब साढे ४ बजेतिर खाजा खाएर रातोपाटीकर्मी कार्यालयतर्फ फर्किने क्रममा धामीलाई उनीहरुले अन्धाधुन्ध आक्रमण गरेका थिए । मुक्का प्रहारबाट धामीको टाउकोलगायत विभिन्न भागमा चोट लागेको छ । उनको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
गत भदौ २६ गते विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले रातोपाटी र त्यसमा कार्यरत सम्वाददातालाई सजाय दिने धम्की दिएको थियो । त्रिविमा मापदण्ड नै नपुगेका कलेजलाई विषयगत स्वीकृति दिएको विषयमा क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही ९सी०ले विज्ञप्ति नै जारी गरेर भौतिक कारबाहीको चेतावनी दिएका थिए ।
यस्तै समाचारको विषयलाई लिएर विप्लवका विद्यार्थीहरूले निरन्तर आफूलाई धम्की दिएको धामीले बताउँदै आएका थिए । विज्ञप्ति र सामाजिक सञ्जालमार्फत समेत धम्की दिएपछि यसबारे नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको थियो ।
भदौ २७ गते महासचिव रोशन पुरीले विज्ञप्ति निकालेरै उक्त धम्कीप्रति आपत्ति जनाउँदै विरोध जनाएका थिए । आक्रमणकारीहरूले कार्यालय फर्किने क्रममा सुरुमा धामीलाई नमस्कार गरेको र त्यसअघि एकाएक आक्रमण गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । मोटरसाइकलमा आएका उनीहरू आक्रमण लगत्तै भागेका थिए । घटनापछि प्रहरी प्रभाग पुल्चोकका इन्स्पेक्टर प्रमोद कार्की नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । प्रहरीले आवश्यक जानकारी लिएर दोषीको खोजी कार्य तीव्र बनाइसकेको जनाएको छ ।
Comments
अरु समाचार
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...