ताजा समाचार

विश्वमै बढी अदुवा उत्पादन हुने प्रमुख पाँच राष्ट्रभित्र नेपाल

काठमाडौं । पछिल्ला वर्षहरुमा नेपाल विश्वमै सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्रहको सूचीमा प्रमुख पाँच भित्र पर्छ ।

यो संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले तयार पारेको प्रतिवेदनअनुसार प्रमुख पाँचभित्र पर्न सफल भएको हो ।

एफएओका अनुसार भारत, नाइजेरिया, चीन र इन्डोनेसियापछि सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्र नेपाल हो ।  नेपालमा सन् २०२१ मा २ लाख ७९ हजार २०६ मेट्रिक टन अदुवा उत्पादन भएको एफएओले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

नेपालमा सबैभन्दा बढी अदुवा उत्पादन सन् २०२० मा भएको थियो ।  उक्त वर्ष २ लाख ९८ हजार ९४५ मेट्रिक टन अदुवा नेपालले उत्पादन गरेको देखिन्छ ।

नेपालबाट अदुवाको निर्यात 

नेपालले प्रत्येक वर्ष करोडौं रुपैयाँको अदुवा निर्यात गर्ने गरेको छ ।  भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो दुई महिना (साउन र भदौ) मात्र मात्र नेपालले ३३ करोड १ लाख ४८ हजार रुपैयाँको अदुवा निर्यात गरेको छ ।

नेपालले २०८० को साउन र भदौ महिनामा २६ लाख १४ हजार १७८ केजी अदुवा निर्यात गरेको छ । यो अवधिमा भारत र कतारले नेपालको अदुवा आयात गरेका छन् ।  गत आर्थिक वर्ष २०७९–८० मा मा नेपालले १ अर्ब २२ करोड २२ लाख ३३ हजार रुपैयाँको २ करोड ३० लाख १३ हजार ६८२ केजी अदुवा निर्यात गरेको थियो ।

गत आर्थिक वर्ष नेपालले बंगलादेश, भारत, नेदरल्यान्ड्स, जापान, युनाइटेड अरब इमिरेट्स, जर्मनी र कतारमा अदुवा निर्यात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।  गत आर्थिक वर्ष नेपालबाट सबैभन्दा ठूलो मात्रमा निर्यात हुने वस्तुको सूचीमा अदुवा २४औं नम्बरमा रहेको थियो ।

आर्थिक वर्ष २०७८–७९ मा नेपालले ६४ करोड १४ लाख ५६ हजार रुपैयाँको १ करोड १९ लाख ५८ हजार ८९३ केजी अदुवा निर्यात गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org