ताजा समाचार

पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघको नेतृत्वमा दाहाल

काठमाडाैँ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ काठमाडौं जिल्ला शाखाको अध्यक्षमा नारायण प्रसाद दाहालको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको छ ।

आइतबार राजधानीमा सम्पन्न महासंघको आठौं अधिवेशनले दाहाललाई निर्विरोध चयन गरेको हो । यसैगरी प्रथम उपाध्यक्षमा बिष्णु गिरी, द्धितिय उपाध्यक्षमा दिलिप पुरी, सचिबमा तुलसी प्रसाद अगस्ती, कोषाध्यक्षमा केदार बहादुर कार्की र सहसचिवमा किशोर पौडेल निर्बाचित भएका छन् ।

लेखा समितीको संयोजकमा कमल रिजाल भए भने सदस्यहरुमा कमल अछामी, गोबिन्द पौडेल, धनन्जय पौडेल, पदम भण्डारी, राजन सिवाकोटी, सुरज पाण्डे, बाबुराम आचार्य, राजेन्द्र रिजाल, इश्वरी मरासैनी, नुद प्रसाद तिमिल्सीना, भोजराज बास्तोला र मान कुमारी पाण्डे निर्वाचित भएका छन् । काठमाडौंको हातीसार स्थित नेपाल हाउसमा सम्पन्न साधारण सभाले नयाँ कार्यसमिती चयन गरेको हो ।

सर्वोच्च अदालतको आदेश बिपरीत बिद्यालय हाताभित्रबाट अबैधानिक ढँगबाट बिक्रीबितरण भइरहेको पुस्तक तथा कापीहरुलाई रोक्न नयाँ कार्यसमितीले कुनै कसूर नराख्ने बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org