ताजा समाचार

एसियाली खेलकुद: महिला कबड्डीबाट नेपाललाई पदक पक्का

काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा नेपाल पदकविहीन रहनबाट जोगिने पक्का भएको छ।

बुधबार बिहान नेपालले महिला कबड्डीको सेमिफाइनलमा स्थान बनाएसँगै कास्य पदक पक्का भएको हो।

एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनल पुग्ने २ टिमलाई कास्य पदक दिइनेछ। सेमिफाइनलमा हार्दा पनि नेपालले कास्य पाउनेछ।

नेपाल रहेको समूह ‘बी’का इरान र बंगलादेशबीचको खेलमा इरान बिजयी भएको छ। इरानले बंगलादेशविरुद्ध ५४-१६ ले जित हात पार्‍यो। यसअघि नेपाल इरानसँग पराजित र बंगलादेशसँग विजयी भएको थियो। नेपाल उपविजेता बन्दै अन्तिम ४ मा पुगेको हो।

नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेतासँग खेल्नेछ। सेमिफाइनल जित हात पारे नेपालको कम्तिमा रजत पक्का गर्नेछ भने हार्दा पनि हात खाली नहुने पक्का भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org