शिखर धवनलाई श्रीमती आयशाले मानसिक यातना दिएको भारतीय अदालतको ठहर
काठमाडौं । भारतका स्टार क्रिकेटर शिखर धवन र उनकी श्रीमती आयशाको सम्बन्धविच्छेदलाई अदालतले मन्जुरी दिएको छ । दिल्लीको एक फ्यामिली कोर्टले उक्त मन्जुरी दिएको हो । शिखर धवन आफ्नी श्रीमती आयशा मुखर्जीसँग अलग बस्दै आएका थिए । यस क्रममा अदालतले शिखर धवनलाई छोरासँग वर्षौँसम्म अलग राखेर श्रीमतीले मानसिक यातना दिएको स्वीकार गरेको छ ।
बीबीसी हिन्दीका अनुसार दिल्लीको पटियाला हाउस कोर्टले ३७ वर्षीय शिखर धवनलाई मानसिक यातना दिएको आधारमा सम्बन्धविच्छेदको अनुमति दिएको हो । शिखर धवनका वकिल अमन हिंगोरनीले बीबीसीसँगको कुराकानीमा शिखर धवन निकै खुसी भएको र अब उनले अदालतको पालना गर्ने जानकारी दिए ।
अदालतले शिखर धवनले दिएको अधिकांश तर्कलाई स्वीकार गरेको छ ।तर, अदालतले शिखर धवन र आयशा मुखर्जीका छोरा जोरावरलाई स्थायी कस्टडी राख्ने सम्बन्धमा कुनै आदेश दिन अस्वीकार गर्यो । अदालतले धवनलाई भारत र अस्ट्रेलियामा छोरालाई भेट्न अनुमति दिएको छ । धवनले अब आफ्नो छोरासँग भिडियो कलमा पनि कुरा गर्न सक्नेछन् ।
अदालतले आयशा मुखर्जीलाई छोराको स्कुल बिदामा हरेक वर्ष भारत आउन र कम्तीमा आधा बिदा बुवा र परिवारसँग बिताउन आदेश दिएको छ । धवनले आफ्नो याचिकामा श्रीमतीले सुरुमा आफूसँग भारतमै बस्ने भनेर सहमति गरेको बताए । उनका अनुसार उनले यसो गर्न सकिनन् र त्यसपछि उनले आफ्नो पूर्व पतिसँग गरेको बाचा अनुसार अस्ट्रेलियामा नै बस्नुपर्ने बताइन् । आयशाको पहिलो विवाहबाट उनका दुई छोरी छन् । आयशाले आफ्ना पूर्व श्रीमान्सँग उनी अस्ट्रेलिया छोडेर कतै नजाने बचन दिएकी थिइन् । हाल आयशा आफ्ना दुई छोरी र छोरासँग अस्ट्रेलियामा नै बसिरहेकी छिन् ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई...
-
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक...
-
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित
काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता...
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...