ताजा समाचार

नेपालबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं । नेपालबाट मनसुन बाहिरिन थालेको छ । आज शुक्रवार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो वर्ष नेपालमा जेठ ३१ गते पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको थियो । सरदर मितिभन्दा एक दिन ढिला गरी भित्रिएको मनसुन सरदर मितिभन्दा चार दिन ढिला गरी बाहिरिन थालेको हो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने मिति अक्टुबर २ तारिख हो । नेपालमा मनसुन पूर्वी क्षेत्र हुँदै प्रवेश हुन्छ भने बाहिरिँदा पनि पश्चिम क्षेत्रबाट शुरु भएर पूर्वी क्षेत्रबाटै बाहिरिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org