स्थानीय तहका कर्मचारी ‘पेनडाउन’ गरी विरोधमा उत्रदाँ सेवाग्राही मर्कामा
काठमाडौं । विभिन्न माग राखेर आन्दोलनमा उत्रेका स्थानीय तहका कर्मचारी पोनडाउन गरी विरोधमा उत्रेका छन् ।
स्याङ्जाका ११ वटै स्थानीय तहका कर्मचारी शुक्रबार हातमा कालो पट्टी बाँधेर अत्यावश्यक कामबाहेक सेवा ठप्प गरेर अन्दोलनमा उत्रेका हुन् ।
पालिका मुलगेटमा कालो व्यानर सहित विरोध जनाउँदै प्लेकार्ड बोकेर माग पूरा गर्न सरकारलाई दबाब दिइएको छ ।
शुक्रबार स्याङ्जाका ९७ वटै वडा र ११ वटै पालिकाबाट कुनै सेवाप्रवाह नभएको स्थानीय तहका कर्मचारी संघर्ष समिति स्याङ्जाले जनाएको छ । सामान्य सिफारीसमेत नगरिदिएपछि सेवाग्राही मर्कामा परेका छन् ।
एकृकित निजामती सेवा ऐन जारी गर, अस्थायी तथा करारका कर्मचारीको उचित व्यवस्थापन गर, अन्तर प्रदेश सरुवा लागू गर, तीनै तहका कर्मचारीलाई निजामती परिभाषामा समावेश गर, भन्दै पालिकाका मुलगेटमा नाराबाजी गरिएको छ ।
स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले घोषणा गरे बमोजिम शुक्रबारबाट अनिश्चतकालीन सेवा प्रवाह ठप्प पारेर आन्दोलनमा उत्रन बाध्य भएको वालिङमका संयोजक भवानी तिवारीले बताए ।
केन्द्रीय समितिले सबै कर्मचारीलाई काठमाडौ केन्द्रीत हुन आवहन गरेको छ, उनले भने, केन्द्रमा पुग्न नसक्ने साथीहरुले आआफ्नो स्थानीय तहमा आन्दोलन कायम राख्ने निर्देशन छ । सोही मुताबिक शुक्रबारदेखि कालो पट्टी बाँधेर पेनडाउन गरेका हौ ।
स्याङ्जाका स्थानीय तहका कर्मचारीले प्रमुख जिल्ला अधिकारीवमार्पmत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र पठाइसकेको जनाइएको छ ।
Comments
अरु समाचार
-
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
काठमाडौं । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको...
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...