ताजा समाचार

सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन

काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको घरमा आगो लागेको हो ।

जिन्सी सामान भएको स्टोर मात्रै भएकाले कागजपत्र मुख्यालयमा राखिने भएकाले सुरक्षित रहेको छ । तर आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण समेत जलेका छन् ।

आगलागी नियन्त्रणमा आउने क्रममा रहेको प्रहरीले जनाएको छ । आगलागीबारे छानबिन गर्न सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org