सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले गिरावट
काठमाडौं । शेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५ दशमलव ६७ अङ्ले घटेको छ । पसिसूचक एक दशमलव ८२ प्रतिशतले घटेर एक हजार नौ सय २१ दशमलव २४ को बिन्दुमा कायम भएको हो ।
पुँजी बजारका लगानीकर्ताको मनोबल बढाउन भन्दै शेयर धितो कर्जासम्बन्धी व्यवस्था केही खुकुलो बनाइए पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा देखिएन् । नेपाल राष्ट्र बैंकले गत बिहीबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको थियो ।
यसअघि शेयर धितो कर्जाका रुपमा समग्र वित्तीय प्रणालीबाट रू १२ करोड सम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो । त्यसलाई बढाएर व्यक्तिको हकमा रू १५ करोड र संस्थाको हकमा रू २० करोड बनाइएको छ । शेयर धितो कर्जाको सीमा बढ्दा त्यसको सकारात्मक प्रभाव बजारमा देखिने अनुमान गरिएको थियो ।
आज दुई सय ८९ कम्पनीको ५८ लाख १५ हजार एक सय ८९ कित्ता शेयर ५९ हजार एक सय ७१ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८० करोड १७ लाख ६६ हजार दुई सय ९४ बराबरको कारोबार भएको छ । आज सबै समूहका उपसूचक घटेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह दुई दशमलव ७२ र होटल तथा पर्यटन समूह दुई दशमलव ३५ प्रतिशतले घटेको छन् ।
आजको कारोबारमा १६ वटा कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । सबैभन्दा धेरै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य नौ दशमलव ५९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र गरिमा डिबेन्चर– २०८५ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू छ करोड ७३ लाख ८१ हजार पाँच सय ६९ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सानिमा बैंक लिमिटेड प्रमोटर शेयर दुई लाख ५० हजार कित्ता खरिदबिक्री भएको छ ।
Comments
अरु समाचार
-
सामान्य घट्यो सुनको मुल्य
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि...
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...
-
नेप्से परिसूचक २४.३९ अंकले बढ्यो
काठमाडौं। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ । नेप्से १.२३ प्रतिशतले वृद्धि भएर...
-
तोलामा रु तीन सयले घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार...
-
संघीय संसदको बजेट अधिवेशन आजदेखि, शीर्ष नेताले सम्बोधन गर्दै
काठमाडाैँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३...
-
सुन तोलामा रु आठ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
-
प्रतितोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८००...
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...