ताजा समाचार

कोसीमा सरकार गठन प्रक्रियामा राप्रपा तटस्थ बस्ने

काठमाडौं । कोसी प्रदेशमा कुनै पनि दलले सहयोग नमागेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ ।

पार्टीको आज (शुक्रबार) बसेको कार्यसम्पादन समिति बैठकले कोसी प्रदेश सरकार गठनमा औपचारिक सहयोग कुनै दलबाट आह्वान नभएको भन्दै निर्णय गर्नुपर्ने आवश्यकता नभएको निष्कर्ष निकालेको छ ।

पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले दिएको जानकारीअनुसार पार्टी स्पष्ट प्रतिपक्षमा बस्ने टुंगो लागेको हो ।

“उहाँहरूको संख्या पुगिहाल्यो । औपचारिक सहयोग कुनै दलबाट आह्वान भएन त्यसैले हाम्रो भूमिका आवश्यक परेन । हामी अहिले कतै खुल्नुपर्ने आवश्यकता नपरेकाले निर्णय गर्नुपरेन,” उनले भने ।

कोसी प्रदेशमा सरकार गठनका लागि गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बो र एमालेको सहयोगमा कांग्रेसको शेखर समूहबाट केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org